• ट्रेण्डिङ:

संसद् विघटनविरुद्ध कांग्रेसले १३ गते  देशभर विरोध प्रदर्शन गर्ने 

संसद् विघटनविरुद्ध कांग्रेसले १३ गते  देशभर विरोध प्रदर्शन गर्ने 

रोदिक खबर

९, पौष २०७७
  • 2.2K
    SHARES
  • संसद् विघटनविरुद्ध कांग्रेसले १३ गते  देशभर विरोध प्रदर्शन गर्ने 

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर संसद् विघटनको विरोधमा आन्दोलन गर्ने भएको छ । संसद् विघटनको विरुद्धमा देशभरका १६५ निर्वाचन क्षेत्रमै विरोधका कार्यक्रम गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

    केन्द्रीय कार्यालय सानेपामा अहिले पनि केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । बैठकमा नेताहरूले धारणा राख्ने क्रम चलिरहेको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मङ्गलबारदेखि शुरु भएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको घोषणा गरेसँगै नेपाली कांग्रेसलगायत अरू दल र नेकपाभित्रैबाट विरोध भइरहेको छ । संसद् विघटनको घोषणापछि नेकपा औपचारिक रूपमै दुई समूहमा विभाजित भएका छन् ।

    प्रकाशित मिति :पौष ९, २०७७ बिहिवार - १७:०२:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको