• ट्रेण्डिङ:

प्रचण्ड–नेपाल पक्ष भोलि सर्वोच्च र निर्वाचन आयोग जाने

प्रचण्ड–नेपाल पक्ष भोलि सर्वोच्च र निर्वाचन आयोग जाने

रोदिक खबर

९, पौष २०७७
  • 3.7K
    SHARES
  • प्रचण्ड–नेपाल पक्ष भोलि सर्वोच्च र निर्वाचन आयोग जाने

    काठमाडौं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रचण्ड–माधव नेपाल पक्ष भोलि ९शुक्रबार० निर्वाचन आयोग र सर्वोच्च अदालत जाने भएको छ ।

    आफ्नो बहुमतिसद्ध गर्न शुक्रबार १० बजे केन्द्रीय सदस्य र निवर्तमान सांसदहरु सर्वोच्च अदालत जाने एक नेताले जानकारी दिएका छन् । त्यस्तै १२ बजे केन्द्रीय सदस्यहरु अधिकारिकताका लागि भन्दै निर्वाचन आयोग जाने भएका हुन् ।

    त्यस्तै भोलि (शुक्रबार)  देखि संसद् विघटनको विरोधमा संघर्षका कार्यक्रम पनि सञ्चालन गर्ने तयारी प्रचण्ड–नेपाल पक्षले गरेको छ । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि पनि भोलि ९शुक्रबार० नै संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

    प्रचण्ड–माधव पक्षले अझै महासचिव पदको टुंगो लगाइसकेको छैन । सुरेन्द्र पाण्डे र भीम रावलमध्ये कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :पौष ९, २०७७ बिहिवार - १७:२१:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको