• ट्रेण्डिङ:

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

रोदिक खबर

१२, पौष २०७७
  • 3.4K
    SHARES
  • मुख्यमन्त्री  राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ ।

    अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड–माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको एक नेताले बताए ।

    प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।

    प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - ११:३४:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको