• ट्रेण्डिङ:

संसद विघटनको बिरोधमा खोटाङमा जसपाको बिरोध र्‍याली, दिक्तेलका चौक चौकमा कोणसभा

संसद विघटनको बिरोधमा खोटाङमा जसपाको बिरोध र्‍याली, दिक्तेलका चौक चौकमा कोणसभा

रोदिक खबर

१२, पौष २०७७
  • 7.6K
    SHARES
  • संसद विघटनको बिरोधमा खोटाङमा जसपाको बिरोध र्‍याली, दिक्तेलका चौक चौकमा कोणसभा

    खोटाङ ।  संसद विघटनको बिरोधमा जनता साजवादी पार्टी खोटाङले बिरोध र्‍याली निकालेको छ । पाँच वर्षका लागि अनुमोदित सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक ढंगले संसद बिघटन गरेको भन्दै जनता समाजवादी पार्टीले आइतबार दिक्तेलमा सात स्थानमा कोणसभा सहितको बिरोध जुलुस निकालेको हो ।

    दिक्तेलको भवनगैराबाट सुरु भएको बिरोध र्‍याली दिक्तेलको अस्पतालचोक, हाटडाँडा, पुरानो बैंक चोक, त्रिबेणीचोक, पुरानोबेसक्याम्प हुँदै किरातचोक पुगेर टुंगिएको थियो ।

    jasapa1.jpg

    बजारका चोक–चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका नेताले प्रधानमन्त्री र राष्ट्रपतिको बिरोध गरेका थिए ।

    भवनगैरामा भएको कोणसभालाई प्रदेश समिति सदस्य मोहन गुरुङ, अस्पताल चोकमा भएको कार्यक्रमलाई प्रदेश समिति सदस्य केशवराज कार्की, हाटडाँडामा भएको कार्यक्रमलाई केन्द्रीय सदस्य सूर्यबहादुर राई, पुरानोबैंक चोकमा भएको कार्यक्रमलाई केन्द्रीय सदस्य सनबहादुर राई, त्रिबेणीचोकमा भएको कार्यक्रमलाई केन्द्रीय सदस्य रमेश राई, पुरानो बेसक्याम्पमा भएको कार्यक्रमलाई केन्द्रीय सदस्य डा. केके राई र किरातचोकमा भएको कोणसभालाई केन्द्रीय सदस्य मदन राईले सम्बोधन गरेका थिए ।

    उनीहरुले कोभिड–१९ को महामारीका बेला निर्वाचनको घोषणा गरेर मुलुकमाथि आर्थिक भार थोपर्ने प्रयास गरेको तथा संघीयता र गणतन्त्रलाई कमजोर पार्ने प्रयत्न गरिएको भन्दै सरकारको बिरोध गरेका छन् । जुलुसमा सहभागीले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नाराबाजी गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेको बिरोधमा केन्द्रीय कार्यक्रम अनुशार जनता समाजवादीले जिल्लामा आन्दोलनका कार्यक्रम गर्दै आएको छ । जसपाले जिल्लामा पुस ८ गते विरोध जुलुस प्रदर्शन, पुस १० गते शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन र पुस ११ गते राँके जुलुस प्रर्दशन गरेको थियो ।
    शनिबार साँझ दिक्तेलमा निकालिएको राँके जुलुसमाथि प्रहरी हस्तक्षेप भएको थियो । राँके जुलुस प्रदर्शनकाक्रममा प्रहरीको लाट्ठी प्रहारबाट संघीय शिक्षक फोरमका केन्द्रीय  सदस्य धनीराम राई, जसपाका जिल्ला उपाध्यक्ष बशन्ती राई, सचिव देवकुमार राई, संघीय विद्यार्थी युनियनका केन्द्रीय  उपमहासचिव प्रकाश चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगर समिति अध्यक्ष निर्मल राई, संघीय विद्यार्थी युनियनका जिल्ला सदस्य मोहन राई लगायत एक दर्जन बढि नेता तथा कार्यकर्ता घाईते भएको जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंक थापाले बताए ।

    प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - १७:५१:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको