• ट्रेण्डिङ:

प्रधानमन्त्री ओलीको समर्थन गर्दै दिक्तेल बजारमा मोटर साईकल र्‍याली

प्रधानमन्त्री ओलीको समर्थन गर्दै दिक्तेल बजारमा मोटर साईकल र्‍याली

रोदिक खबर

१२, पौष २०७७
  • 5.2K
    SHARES
  • प्रधानमन्त्री  ओलीको समर्थन गर्दै दिक्तेल बजारमा मोटर साईकल र्‍याली


    खोटाङ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा खोटाङमा बृहत मोटरसाईकल र्‍याली निकालिएको छ । प्रधानमन्त्री ओलीको पछिल्लो कदमको समर्थनमा नेपाल कम्यूनिष्ट पार्टी (ओली समुह) ले आइतबार दिक्तेलमा मोटरसाईकल र्‍याली निकालेको हो ।

    जनता समाजवादी पार्टी र नेपाल कम्यूनिष्ट पार्टीको प्रचण्ड–माधव समुहले जिल्लामा राष्ट्रपति र प्रधानमन्त्रीको बिरोधमा आन्दोलनका कार्यक्रम गरिरहेको अवस्थामा नेकपाको ओली समुहले उनको पक्षमा मोटरसाईकल र्‍याली निकालेको हो । 

    दिक्तेलको अल्छेढुंगादेखि सुरु भएको मोटरबाईक र्‍याली रत्नपार्क, पुरानो बेसक्याम्प, त्रिवोणीचोक, भानुचोक, जिल्ला अदालत, अस्पतालचोक हुँदै जिल्ला समन्वय समितिको प्रांगणमा पुगेर कोण सभामा परिणत भएको थियो ।

    संसद विघटनपछि निर्वाचनमार्फत ताजा जनादेश लिनका लागि जनतासामु जानका लागि तयार रहन, जनताको बहुदलीय जनवाद (जवज) मान्ने मान्ने नेता तथा कार्यकर्ता एक ठाउँमा उभिन र चुनाव चिह्न सूर्य नेकपा (ओली) समुहले पाउने संकेत दिन मोटरबाईक र्‍याली निकालिएको नेकपा खोटाङका कार्यालय सदस्य कुमार आचार्यले बताए । 

    मोटरसाईकल र्‍यालीलाई नेकपाका कार्यालय सदस्य कुमार आचार्य, जिल्ला सचिवालय सदस्य एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, हलेसी तुवाचुङ नगर कमिटिका अध्यक्ष सुरेन्द्र राई, नेकपाका सचिवालय सदस्य चर्च विक, युवा संघका केन्द्रीय सदस्य दिलचक्र राई, विणादेवी राईलगायतले नेतृत्व गरेका थिए ।

    उनीहरु अगाडि केपी ओलीको ठूलो तस्बिर टाँगिएको जीपमा उभिएर हात हल्लाउँदै हिँडेका थिए । र्‍यालीमा प्रयोग गरिएको बाईकमा सुर्य चिन्ह अंकित झण्डा राखिएको थियो भने ‘सही पनि एमाले, म पनि एमाले’ बोलको गीत घन्काइएको थियो ।

    ‘जवज मान्ने मान्छे पुःन एक ठाउँमा हुनुपर्छ र नयाँ जनादेश प्राप्तीका लागि जनता सामु जानबाट भाग्न हुँदैन भन्ने सन्देश दिन र्‍याली निकालिएको हो,’ कार्यलय सदस्य आचार्यले भने, ‘यो सुर्य चिन्ह केपी ओलीको समुहले पाउँछ भन्ने सन्देश दिन पनि र्‍याली गरिएको हो । पार्टीको नाम साविकको एमाले हुनसक्ने सम्भावनाको संकेत पनि दिन खोजिएको हो ।’ कोणसभालाई मोटरसाईकल र्‍यालीलाई नेतृत्व गरेका नेताले सम्बोधन गरेका थिए । 

    प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - १८:२०:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको