खोटाङ । संसद विघटनको बिरोधमा नेपाली कांग्रेस खोटाङले दिक्तेलबजारमा विरोध प्रदर्शन गरेको छ । पाँच वर्षका लागि अनुमोदित सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंबैधानिक ढंगले संसद विघटन गरेको भन्दै कांग्रेसले केन्द्रीय समितिको निर्देशनमा कांग्रेसले सोमबार दिक्तेलमा विरोध विरोध प्रर्दशन हो ।
कांग्रेसको पार्टी कार्यालयबाट सुरु भएको बिरोध प्रर्दशन त्रिबेणीचोकबाट भानुचोक पुगेर पुःन फर्किएर त्रिबेणीचोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठ, नेपाली कांग्रेस खोटाङका पूर्व सभापति तथा महासमिति सदस्य बिष्णुकुमार राई, महासमिति सदस्य सुवाशकुमार पोखरेल, संविधान सभा सदस्य तथा महासमिति सदस्य सरस्वती वजिमय र महासमिति सदस्य रविप्रकाश राईले सम्वोधन गरेका थिए ।

वक्ताहरुले ललिता निवास जग्गा र आयल निगम जग्गा खरिदमा भएको भ्रष्टाचार, ओम्नी काण्ड, यति समुह सम्वद्ध भ्रष्टाचार काण्ड वारे चर्चा गर्दै कम्यूनिष्टलाई ‘कमाउनिष्ट’को संज्ञा दिएका छन् ।

उनीहरुले प्रधानमन्त्रीको असंवैधानिक कदमले हालसम्म प्राप्त उपलव्ध गुम्ने खतरा निम्तिएको औंल्याएका छन् । विरोध प्रर्दशनमा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध चर्का शव्दमा नारा लगाएका थिए ।

