• ट्रेण्डिङ:

सूर्य चिन्ह प्रचण्ड–माधव समुहले पाउँछ : सांसद राई  

सूर्य चिन्ह प्रचण्ड–माधव समुहले पाउँछ : सांसद राई  

रोदिक खबर

१४, पौष २०७७
  • 10.4K
    SHARES
  • सूर्य चिन्ह प्रचण्ड–माधव समुहले पाउँछ  :  सांसद राई  

    नेकपाका केन्द्रीय सदस्य एबं प्रदेशसभा सांसद राजन राईले चुनाव सूर्य चिन्ह प्रचण्ड–माधव समुहले पाउने दावी गरेका छन् । सूर्य चिन्हमा दुबै पक्षको दावी भइरहेको अवस्थामा नेता राईले विधि र विधानले सुर्य चिन्ह प्रचण्ड–माधव समुहले पाउने दावी गरेका हुन् ।

    ‘विधि विधान मरेको छैन । सूर्य  चिन्ह लिन समस्या छैन,’ केन्द्रीय सदस्य राईले भने, ‘तर चिन्ह भएर मात्र पुग्दैन, हामीसँग जनमत हुनुपर्छ । हामी यही चिन्हले चुनावमा जाँदा कैयौं पटक हारेको इतिहास भुल्नु हुँदैन ।’ 

    संसद विघटनको विरोधमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहले दिक्तेलका ६ स्थानमा कोणसभा गर्दै बिरोध प्रदर्शन गरेको थियो ।

    हेलीप्याडमा भएको कोणसभालाई पूर्वसभाषद एबं नेकपाका केन्द्रिय कमिटि सदस्य दुर्गाजयन्ती राई, सचिवालय सदस्य भागवत घिमिरे र अगमसिं राईले, रत्नपार्कमा भएको कोणसभालाई प्रदेश कमिटि सदस्य ध्रुब बुढाथोकी र जिल्ला कमिटि सदस्य नरेश राईले, पुरानो बेसक्याम्पमा केन्द्रिय सदस्य एबं सभासद समिता कार्की र जिल्ला कमिटि सचिवालय सदस्य खडेन्द्र राईले सम्बोधन गरेका थिए ।

    यस्तै, भानुचोकमा भएको कोणसभालाई प्रदेश कमिटि सदस्य सुरेश राई र जिल्ला कमिटि कार्यालय सदस्य जलसेर राईले तथा त्रिबेणीचोकमा भएको कोणसभालाई केन्द्रीय सदस्य एबं प्रदेश सांसद रामकुमार राई, प्रदेश कमिटि सदस्य एबं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ र जिल्ला अध्यक्ष देवान किरातीले सम्बोधन गरेका थिए । 

     

    प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - १८:२०:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको