• ट्रेण्डिङ:

२५ पुसदेखि प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसकाे देशव्यापी आन्दोलनका कार्यक्रम

२५ पुसदेखि प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसकाे देशव्यापी आन्दोलनका कार्यक्रम

रोदिक खबर

१९, पौष २०७७
  • 4.5K
    SHARES
  • २५ पुसदेखि प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसकाे देशव्यापी आन्दोलनका कार्यक्रम

    काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो ।

    केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार पुस २५ गते देशभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्नेछ । त्यसपछि माघ ३ गते ७५३ वटै स्थानीय तहमा र माघ ८ गते ६७४३ वटै वडामा प्रदर्शनको कार्यक्रम तय भएको उनले बताए ।

    प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिन कांग्रेसले कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

    press1.jpg

    press2.jpg

    प्रकाशित मिति :पौष १९, २०७७ आइतवार - १८:४४:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको