• ट्रेण्डिङ:

नेपाल विद्यार्थी संघद्वारा संसद विघटनको विरोधमा माइतीघरमा प्रदर्शन

नेपाल विद्यार्थी संघद्वारा संसद विघटनको विरोधमा माइतीघरमा प्रदर्शन

रोदिक खबर

१, माघ २०७७
  • 2.8K
    SHARES
  • नेपाल विद्यार्थी संघद्वारा संसद विघटनको विरोधमा माइतीघरमा  प्रदर्शन

    काठमाडौँ– संसद विघटनको विरोधमा नेपाली कांँग्रेस सम्बद्ध विद्यार्थी संगठन नेविसंघले बिहीवार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै शंकरदेव क्याम्पसका नेविसंघ सम्बद्ध बिद्यार्थीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने शरीरमा नारा लेखिएको कालो कपडा लगाएका थिए । युवा विद्यार्थीले ‘भ्रस्टाचारी केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, विद्यार्थीको एउटै स्वर सरकार भित्र चोरै–चोर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

    बिरोध सभालाई सम्बोधन गर्दै नेबिसंघ महामन्त्री बलदेव तिमल्सिनाले  ओलीले ब्यप्त भ्रष्टाचार लसि लुकाउन र खुलेआम भ्रष्टाचार गर्न संविधान विपरित प्रधानमन्त्रीले संसद विघटन गरेको भन्दै अहिलेको कदम अधिनायकवाद र प्रतिगामी भएकोले विरोधका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।

    नेपाल विद्यार्थी संघ शंकर क्याम्पसद्वारा आयोजित प्रतिकात्मक बिरोध प्रदर्शन कार्यक्रमको संयोजन नेता दिपक ओझाले गरेका थिए  भने बिभिन्न रचनात्मक तथ्य प्रतिकात्मक नाराहरु सहित कालो कपडाले शरीर बेरेर संघका नेताहरु दिपक ओझा,सुदिप बनाडी,दिल सैनाई,सुनिल पराजुली,आदित्य काफ्ले समेत ५ जना सडकमा सुतेका थिए ।

    संघका नेता मिलन खतिवडाले सन्चालन गरेको बिरोध सभामा संघका महामन्त्री युबराज पाण्डे, पुर्व केन्द्रीय सदस्यहरु सुशील भट्ट,रत्नहरी ढुंगेल, नेताहरू बिपिन अधिकारी लगायतले असंबैधानिक कदमका बिरुद्ध शसक्त प्रतिबाद गर्नुपर्ने बताएका थिए । नेबिसंघले भोलि केन्द्रीय परिपत्र बमोजिम भोलि देशभर दौड जुलुस गर्दै छ ।

    प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - २२:०१:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको