बिहिवार, कार्तिक १३ गते २०८३

देशको ठूलो समस्या पीत पत्रकारिता हो : प्रधानमन्त्री ओली

देशको ठूलो समस्या पीत पत्रकारिता हो : प्रधानमन्त्री ओली

रोदिक खबर

८, माघ २०७७
  • 4.0K
    SHARES
  • देशको ठूलो समस्या पीत पत्रकारिता हो  :  प्रधानमन्त्री ओली


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ठूलो समस्या पीत पत्रकारिता भएको बताएका छन्। नेकपामा आफ्नो समूहसँग निकट नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रधानन्त्री ओलीले केही सञ्चार माध्यम झुटो छापेर जनतालाई दिग्भ्रमित पार्न लागेको बताए ।

    अहिले देशको ठूलो समस्या पीत पत्रकारिता पनि हो। महात्मा गान्धीका तीन बाँदर जस्तै छन् केही पत्रिकार र सञ्चार माध्यमहरु। राम्रो कुरा देख्नुपर्छ भने बरु आँखा छोप्छु। राम्रो कुरा सुन्नुपर्छ भने बरु कान थुन्छु। राम्रो कुरा बोल्नुपर्छ भने बरु मुख थुन्छु। तर सुन्दिनँ, हेर्दिनँ र बोल्दिनँ भन्ने केही छन्।

    अनि तिनले झुटो छाप्छन्, गलत छाप्छन् र जनतालाई दिग्भ्रमित पार्न,बिहीबार काठमाडौंमा आयोजित आफू पक्षीय प्रेस संगठनको भेलामा उनले भने।

    उनले अहिले सञ्चार माध्यमले छापिरहेका सामग्री देशको हितमा नभएको बताए। यो काम राष्ट्रको राष्ट्रको हितको पक्षमा छँदैछैन। कुनै हालतमा छैन र हुनै सक्दैन यस्तो काम। तर कुरा के हुन्छ भने जब मान्छे स्वार्थबाट अन्धो हुन्छ। अथवा जब मान्छे आत्मा बेच्छ। त्यसपछि नर्क पर्छ।

    प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैं पछि लाग्ने बताए। सञ्चार माध्यमले विदेशीको नक्कल गर्दै आफूभन्दा ठूलालाई तिमी सम्बोधन गर्दै समाचार लेख्ने गरेकोमा पनि असन्तुष्टि जनाए।

    आजभोलि सबैलाई पत्रकारहरुले तिमी भन्ने गरेकोमा ओलीले आपत्ति जनाए । ‘उहाँले खानुभयो भन्दैनथियौं, ज्युनार भयो । हिँड्नुभयो भन्दैनथ्यौं, सवारी भयो । आज हामीलाई हिँड्नुभयो, खानुभयो भन्न पनि गाह्रो छ । हिँडे, खाए । उनले हेरे, यस्तो भाषा मात्रै बोल्छौं’ ओलीले भने ।

    प्रधानमन्त्री ओलीले मानव समाज चरा जस्तो नभएकाले सभ्य भाषा प्रयोग गर्न आग्रह गरे । ‘पखेटा उम्रेपछि चराले बाआमा चिन्दैनन् । को थियो, थियो रु’, ओलीले भने । उनले बाआमा, हजुरआमाहरुलाई तिमी भन्ने भाषा प्रयोग मामुली कुरा नभएको टिप्पणी गरे ।

    प्रकाशित मिति :माघ ८, २०७७ बिहिवार - १६:३१:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको