• ट्रेण्डिङ:

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

रोदिक खबर

९, माघ २०७७
  • 3.9K
    SHARES
  • मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव  प्रदेशसभामा पेश

    हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिएका अरुणप्रसाद नेपालले शुक्रबार अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

    यसअघि पुस १० गते तीन मन्त्रीसहित सत्तापक्षका ४५  प्रदेशसभा सदस्यले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासका प्रस्तावमा मुख्यमन्त्री पौडेललाई पदमुक्त गरी मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव गरिएको छ । 

    बैठकमा निवर्तमान मन्त्री नेपाललाई सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्न समय दिएका थिए ।

    निवर्तमान मन्त्री नेपालले अविश्वास प्रस्ताव प्रस्तुत गर्दै कोभिड नियन्त्रणमा प्रदेश सरकारले कुनै भूमिका खेल्न नसकेको, समाजवादोन्मुख काम गर्न नसकेको,अपराध न्यूनीकरण, महँगी नियन्त्रणलगायत काममा ध्यान नपुर्याएको  र गरीबी नियन्त्रणमा काम गर्न नसकेको आरोप लगाएका थिए ।

    नेकपा प्रचण्ड–माधव समूहका नेपालले सरकारको औचित्यता पुष्टि गर्न चुनौती दिए । निवर्तमान मन्त्री नेपालले सङ्घीताका बारेमा जनमत लिनुपर्ने माग पनि गरे ।  अविश्वासको प्रस्ताव प्रस्तुतिसँगै प्रदेशसभाको बैठक माघ १९ सम्मका लागि स्थगित भएको छ । 

    प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - १५:४७:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको