• ट्रेण्डिङ:

विप्लवले भने– प्रधानमन्त्री ओली चरम सङ्कटमा पर्दै गइरहेका छन्

विप्लवले भने– प्रधानमन्त्री ओली चरम सङ्कटमा पर्दै गइरहेका छन्

रोदिक खबर

११, माघ २०७७
  • 2.9K
    SHARES
  • विप्लवले भने–  प्रधानमन्त्री  ओली चरम सङ्कटमा पर्दै गइरहेका छन्


    प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओली चरम संकटमा पर्दै गइरहेको टिप्पणी गरेका छन् । उनले ओली नेपाली जनताको आवश्यकता पूरा गर्न पूर्ण रूपले असफल भएको पनि दावी गरेका छन् ।

    ‘वर्तमान ओली सरकार यतिबेला आफैँले संसद् विघटन गरेपछि स्वयम् चरम सङ्कटमा पर्दै गइरहेको छ । राष्ट्र र जनताका तमाम समस्याहरू समाधान गर्नतर्फ केन्द्रित नरही वर्तमान सरकार फासिवादी शैलीले हाम्रो पार्टी, क्रान्ति र जनाविरुद्ध निरन्तर दमनमा तल्लीन रहेको छ’, विप्लवले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा सरकारी दमनले आफूहरुको क्रान्ति नरोकिने भन्दै बरु अझ थप उचाइमा प्रतिरोध गर्दै अघि बढ्ने बताएका छन् । 
    गत पुस २९ गते पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताहरूको गिरफ्तारी विरुद्ध आन्दोलित विप्लव समूहले शनिबार नेपाल बन्दको आह्वान समेत गरेको थियो । 

    प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - ०७:५८:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको