• ट्रेण्डिङ:

माघ १५ गतेदेखि २० गतेसम्म कोभिड–१९ विरुद्धको खोप दिइने

खोटाङका १ हजार ६१८ जनालाई कोभिड विरुद्धको खोप दिने तयारी 

खोटाङका १ हजार ६१८ जनालाई कोभिड विरुद्धको खोप दिने तयारी 

रोदिक खबर

१३, माघ २०७७
  • 7.3K
    SHARES
  • खोटाङका १ हजार ६१८ जनालाई कोभिड विरुद्धको खोप दिने तयारी 

    खोटाङ । खोटाङका १ हजार ६१८ जनालाई कोभिड–१९ विरुद्धको खोप दिने तयारी गरिएको छ । कोभिड–१९ को संक्रमण दर र मृत्यु दरमा कमी ल्याउने उद्धेश्यले पहिलो चरणमा कोभिड रोकथाम तथा नियन्त्रणकाक्रममा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेविका, एम्बूलेन्स तथा शव बाहन चालक, सरसफाईमा संलग्न व्यक्तीलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने तयारी गरिएको छ ।

    कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको समन्वय र अनुगमन समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा सोमबार जिल्ला अस्पतालमा बसेको बैठकले माघ १५ गतेदेखि माघ २० गतेसम्म कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको छ ।

    कोभिड–१९ विरुद्धको खोप बुधबार आइपुग्ने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।  जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङको प्रमुख आतिथ्यतामा भएको बैठकले जिल्ला अस्पतालका मेडिकल अधिकृतको नेतृत्वमा एइएफआई टिम गठन गर्ने, एइएफआई टिम व्यवस्थापन गर्ने, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देललाई कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन प्रवक्ता तोक्ने लगायतका निर्णय गरेको छ । 

     

    प्रकाशित मिति :माघ १३, २०७७ मंगलवार - ११:४५:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको