• ट्रेण्डिङ:

धनगढीबाट प्रचण्डको उद्घोष : केपी ओली पार्टीमा फुच्चे बनिसके

धनगढीबाट प्रचण्डको उद्घोष : केपी ओली पार्टीमा फुच्चे बनिसके

रोदिक खबर

१७, माघ २०७७
  • 4.3K
    SHARES
  • धनगढीबाट प्रचण्डको उद्घोष : केपी ओली पार्टीमा फुच्चे बनिसके


    काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली फुच्चे भइसकेको बताएका छन्। प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

    ‘केपी ओलीले केन्द्रीय कमिटी र स्थायी कमिटीमा एकतिहाइ पनि नभएपछि सडकमा देखाउँछु भन्नुहुन्थ्यो। आजबाट प्रष्ट भयो उहाँ एक तिहाई हो भन्ने फुच्चे भइसक्नुभएको छ’ उनले भने, ‘म तपाईहरुलाई धन्यवाद दिन चाहन्छु। तपाईहरुले केपी ओलीको घमन्ड चुरचुर बनाइदिनुभयो।’

    वाम गठबन्धन र पार्टी एकताको प्रस्ताव लैजाने पहिलो व्यक्ति आफू भएको बताए। ‘उहाँले पार्टी एकता र गठबन्धनको प्रस्ताव गर्दा सहमति हुनुभएको थिएन। तर, तपाईलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्छु भनेपछि तयार हुनुभएको थियो’ उनले भने, पार्टी एकतापछि देश विकासको आधार तयार हुने लक्ष्य लिएको थियौँ।

    तर, केपी ओलीको कारणले अहिले यस्तो अवस्था आइपुगेको छ।’ आफैले प्रस्ताव गरेको प्रधानमन्त्री र अध्यक्ष पार्टी एकताको खलनायको रुपमा देखा परेको बताए।

    माधव नेपाल र आफ्नो सम्बन्ध पुरानो भएको बताए। ‘जनयुद्धको बेलामा कसरी गणतन्त्र ल्याउन सकिन्छ। भनेर बाक्लो भेटवार्ता गरिरहेका हुन्थ्यो त्यसैको परिणाम १२ बुँदे समझदारी हुदै आजको दिनसम्म आइपुगेका हौँ’ उनले भने। 

     

    प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - १६:१०:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको