चितवन । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव पक्षका युवाहरूले चितवनमा टायर बालेर प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेका छन्। प्रचण्ड-माधव पक्षका युवाहरूले शनिबार टायर बालेर प्रधानमन्त्री ओलीको विरोध गरेका हुन्।
दुई ठूला आयोजनाको शिलान्यासका लागि प्रधानमन्त्री ओली चितवन पुग्नुअघि नै युवाले विरोध गरेका थिए। चितवनको नारायणगढको मुख्य सडकमा कालो पर्चा फाल्दै टायर बाल्दै प्रधानमन्त्रीको विरोध गरिएको हो।
युवाहरूले असंवैधानिक कदम खारेज गर, निरंकुशता लाद्न पाइदैन, प्रतिगामीहरु होसियार लगायतका नारा लेखिएको कालो पर्चा फालेर ओलीको विरोध गरेका थिए। प्रधानमन्त्री ओली सिटी हल र ६ लेन सडकखण्ड शिलान्यास गर्न चितवन पुगेका थिए।