काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले चुनाव गराएर प्रजातन्त्र बलियो बनाउलान् भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन्।
धनगढीमा शनिबार नेकपा दाहाल–नेपाल समूहले आयोजना गरेको विरोधसभामा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्। उनले भने, ‘ओलीले चुनाव गराउलान् र प्रजातन्त्र बलियो होला भन्ने सोच्नुभएको छ भने भ्रमबाट मुक्त हुनुहोस्।’ यस्तै नेता नेपालले केपी ओली कहिल्यै पनि गणतन्त्रको पक्षमा नरहेको बताए।
उनले भने, ‘केपी चुनाव गराउन चाहँदैनन्। देश अस्तव्यस्त बनाउन चाहन्छन्। लोकतन्त्र सकिए पनि गणतन्त्र सकिए पनि उनलाई मतलब छैनन्। ओली कहिल्यै गणतन्त्रको पक्षमा थिएनन्।’ ओलीको पतनको बाटो निश्चित भइसकेको बताएका छन्।