• ट्रेण्डिङ:

 पार्टीमा फर्किएर चुनाव लड्नुस, जित्‍नका लागि मतपत्र च्यात्‍नुपर्दैन : गृहमन्त्री थापा

 पार्टीमा फर्किएर चुनाव लड्नुस, जित्‍नका लागि मतपत्र च्यात्‍नुपर्दैन : गृहमन्त्री थापा

रोदिक खबर

१७, माघ २०७७
  • 3.2K
    SHARES
  •  पार्टीमा फर्किएर चुनाव लड्नुस, जित्‍नका लागि मतपत्र च्यात्‍नुपर्दैन : गृहमन्त्री  थापा


    काठमाडौं  । गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड–माधव समूहलाई आत्मालोचना गरी पार्टीमा फर्कन आह्वान गरेका छन्। चितवनमा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै उनले आफ्ना गल्ती कमजोरी स्वीकारेर पार्टीमा फर्कन अपिल गरेका हुन्। 

    ‘आम जनता एकता चाहन्छन्, आफ्ना गल्ती कमजोरी स्वीकारेर पार्टीमा फर्कनुस्।’ उनले भने, जनता समृद्धि र विकास चाहन्छन्, त्यो चिज नेकपाको नेतृत्वले मात्रै दिन सक्छ।’ उनले अब चुनावको तयारीमा जुट्नुको विकल्प नभएको समेत बताए। 

    प्रचण्डप्रति लक्षित गर्दै उनले भने, ‘हिम्मत भए चुनाव लडेर जनताको विश्वास जित्नुस् र प्रधानमन्त्री हुनुस्। नेकपाको झन्डामुनि चुनाव लड्दा जित्नका लागि मतपत्र च्यात्न आवश्यक छैन।

    आफूमाथि जनयुद्धका लडाकुहरूमाथि घात गरेको आरोप लगाएकोप्रति प्रष्टीकरण दिँदै गृहमन्त्री थापाले यो सरकारले उनीहरूको संरक्षण, व्यवस्थापन र सम्मानका लागि महत्वपूर्ण निर्णय गरेको बताए। 

    ‘तपाईंहरू तीन–तीन जना देशको प्रधानमन्त्री हुनुभो, त्यसबेला युद्धका घाइते शहीद परिवार योद्धाहरूका निम्ति के गर्नुभयो ? तपाइहरुले ती योद्धाका निम्ति के व्यवस्था गर्नुभो ? केही गर्नुभएन। थापाले भने,  हामीमाथि लगाएको आरोप फर्काएर भन्न चाहन्छु, हिजोका योद्धाहरूका बारेमा हामीले महत्वपूर्ण निर्णय गरेका छौं।’ 

     

    प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - १६:५६:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको