बिहिवार, कार्तिक १३ गते २०८३

 नेकपाका सयौ  नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

 नेकपाका सयौ  नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

रोदिक खबर

१७, माघ २०७७
  • 19.0K
    SHARES
  •  नेकपाका सयौ  नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस १० नम्बर वडा कार्य समिति पाथेकाले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमको अवसरमा नेकपाका सयौ  नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्।

    1612014274-KvhhC.jpg

    दुई तिहाईको मत पाएको नेकपाले जनताप्रति गरेको गद्दारीका कारण कांग्रेसमा प्रवेश गर्नु परेको उनीहरुले बताएका छन्। मुलुकको माटो सुहाउँदो राष्ट्रियता, लोकतन्त्र, शान्ति र विकासको लागि कांग्रेस नै ठूलो शक्ति भएको उनीहरुको दावी छ। 

    पूर्व नेकपा एमालेका पाथेकाका पूर्व अध्यक्ष तथा प्रभावशाली नेता प्रेमकुमार गिरी, नेकपाका यूवा नेता टिकाराम गिरीको नेतृत्वमा सिङ्गो गाउँका अढाइ सय बढि नेता कार्यकर्ता कांग्रेसमा आएको नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए । 
    नव प्रवेशीहरुलाई कांग्रेसका नेताहरु नरेशकुमार श्रेष्ठ, विष्णुकुमार राई, शुवासकुमार पोख्रेल, सरस्वती बजिमय,  रविप्रकाश राई, दिनेश राई, धर्मराज पोख्रेल, रुद्र गिरी, इवन राईलगायतले अविरमालाका साथ पार्टीको झण्डा ओढाएर स्वागत गरेका थिए ।

    पाथेका वडा सभापति पदम राईको सभापतित्व तथा जिल्ला सभापति नरेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका दर्जनौ  नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

    प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - २०:४५:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको