• ट्रेण्डिङ:

प्रचण्डप्रति ओलीको कटाक्ष : मयूरको प्वाँख लगाएर अर्को चरो मयूर हुँदैन

प्रचण्डप्रति ओलीको कटाक्ष : मयूरको प्वाँख लगाएर अर्को चरो मयूर हुँदैन

रोदिक खबर

१७, माघ २०७७
  • 3.2K
    SHARES
  • प्रचण्डप्रति ओलीको कटाक्ष :  मयूरको प्वाँख लगाएर अर्को चरो मयूर हुँदैन

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का  अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउने काम सुरु भइसकेको जानकारी गराउँदै अर्को वर्ष राम नवमीमा भव्यतापूर्वक प्राणप्रतिष्ठा गर्ने बताएका छन्।

    दुई हजार दर्शक क्षमताको सभा हल तथा पूर्व-पश्चिम राजमार्ग चौढा पार्ने आयोजनाको शिलान्यास गर्न चितवन पुगेका  प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा त्यहीँबाट निर्वाचित भएका सांसदले बोल्न नसक्नु दूर्भाग्यपूर्ण रहेको बताए।

    प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम मन्दिर बनाउने योजनाको ‘मास्टरप्लान’ तयार भइरहेको बताउँदै रामको ‘भव्य प्रतिमूर्ति’ तयार भइसकेको जानकारी गराए। सीताको प्रतिमूर्ति बनिरहेको तथा अब लक्ष्मण र हनुमानको पनि बन्ने प्रधानमन्त्री ओलीले बताए। “अर्को सालको राम नवमीमा हामी राम जन्मभूमि अयोध्यामा भव्यसँग प्राणप्रतिष्ठा गर्दै छौं, यसैपल्ट भ्याइँदैन,” उनले थपे।

    अयोध्यापुरीमा राम मन्दिर बनिसकेपछि चितवन विश्वका हिन्दु, संस्कृतिविद्, पुरातत्त्वविद् तथा सभ्यताविद्हरूको गन्तव्य हुने प्रधानमन्त्री ओलीले अपेक्षा गरे। धार्मिक पर्यटनको गन्तव्य बनाएर देशलाई समृद्धिको बाटोमा डोर्‍याउन पनि चितवन र अयोध्यापुरीको ठूलो योगदान हुने प्रधानमन्त्रीको तर्क थियो।

    “यही जिल्लाबाट छानिएका, त्यही निर्वाचन क्षेत्रबाट छानिएका सांसद राम जन्मभूमि अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा चुइँक्क बोल्न किन सक्नुहुन्न ? कसका डरले ? प्रधानमन्त्री ओलीले त्यहाँका सांसद एवं राजनीतिक रूपमा विभाजित भएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरे, “राम अयोध्यापुरीमा जन्मिएका भन्न नसक्ने मान्छे बडा सक्कली राष्ट्रवादी भएर हिँड्नुभएको छ। मयूरको प्वाँख लगाउँदैमा अर्को के चरो मयूर हुँदैन, त्यो चरो त्यही रहन्छ।”

     

    प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - २१:२३:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको