बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक

रोदिक खबर

२०, माघ २०७७
  • 2.0K
    SHARES
  • प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बुधवार (भोलि) बिहान ९ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

    सभामुख अग्निप्रसाद सापकोटाले आइतवार (माघ १८) गते परिषद्ले निर्वाचन आयोग, अख्तियार र मानवअधिकार आयोग लगायत संवैधानिक निकायहरुमा गरिएको नियुक्ति विवादास्पद रहेको भन्दै फिर्ता गरिदिएका थिए ।

    सभामुखले सिफारिस फिर्ता गरेको दुई दिनपश्चात प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । गत मंसिर ३० गते परिषद्ले अख्तियार लगायत संवैधानिक निकायहरुमा रिक्त ४५ पदहरुमा नियुक्ती गरेको थियो ।

    प्रकाशित मिति :माघ २०, २०७७ मंगलवार - ११:२३:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको