• ट्रेण्डिङ:

प्रचण्ड-माधव समूहको भोलि आम हड्ताल गर्ने घोषणा

प्रचण्ड-माधव समूहको भोलि आम हड्ताल गर्ने घोषणा

रोदिक खबर

२१, माघ २०७७
  • 3.4K
    SHARES
  • प्रचण्ड-माधव समूहको भोलि आम हड्ताल गर्ने घोषणा

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।

    यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् ।संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षको तेस्रो चरणको आन्दोलन जारी छ ।

    माघ १३ गतेबाट शुरु भएको आन्दोलन माघ २८ गतेबाट सकिँदैछ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ती गरेको भन्दै आन्दोलनका कार्यक्रमलाई परिमार्जन गरि भोलि देशभर आमहड्ताल गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

    प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - १४:०५:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको