बिहिवार, कार्तिक १३ गते २०८३

संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव पक्षले आज मसाल जुलुस गर्ने

संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव पक्षले आज मसाल जुलुस गर्ने

रोदिक खबर

२१, माघ २०७७
  • 1.9K
    SHARES
  • संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा  प्रचण्ड–माधव पक्षले आज मसाल जुलुस गर्ने


    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले आज मसाल जुलुस गर्ने भएको छ। प्रतिनिधि सभा विघटन र संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा आज साँझ ५ बजे देशव्यापी मसाल जुलुस गर्ने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए।

    उनका अनुसार काठमाडौंमा रत्नपार्कबाट जुलुस निकालिनेछ। प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहको केन्द्रीय संघर्ष समितिले बिहीबारका लागि आमहड्ताल पनि घोषणा गरिसकेको छ। सरकारको प्रतिगामी कदमविरुद्ध यो कदम चाल्न बाध्य भएको केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले बताइन्।

    उनले आमहड्तालका क्रममा यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था सबै बन्द रहने बताइन्। तर, परीक्षा सञ्चालनमा भने कुनै अवरोध नगरिने उनको भनाइ छ। यस्तै, अन्य अत्यावश्यक सेवा सञ्चालनमा पनि कुनै अवरोध नगरिने भुसालले बताइन्। 

    प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - १५:१८:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको