बिहिवार, कार्तिक १३ गते २०८३

संवैधानिक निकायमा नियुक्ति सर्वसत्तावाद उन्मुख प्रवृत्ति : विश्वप्रकाश शर्मा

संवैधानिक निकायमा नियुक्ति सर्वसत्तावाद उन्मुख प्रवृत्ति : विश्वप्रकाश शर्मा

रोदिक खबर

२१, माघ २०७७
  • 1.7K
    SHARES
  • संवैधानिक  निकायमा नियुक्ति सर्वसत्तावाद उन्मुख प्रवृत्ति :  विश्वप्रकाश शर्मा


     काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ विना नै संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्नुलाई सरकारको ‘सर्वसत्तावाद उन्मुख प्रवृत्तिको श्रृङ्खला’को संज्ञा दिएको छ ।

    एकपछि अर्को संवैधानिक व्यवस्थालाई उलंघन गरेर सरकार संविधानलाई विखण्डित गर्ने यात्रामा अघि बढेको बताउदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको सर्वसत्तावाद उन्मुख प्रवृत्तिविरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने बताए ।

    प्रवक्ता शर्माले संवैधानिक परिषद् सम्बन्धी विश्वव्यापी व्यवस्थालाई उलंघन गरेर सरकारले अध्यादेश ल्याउँदा नै आफूहरुले असहमति जनाएको र अध्यादेश फिर्ता नभई प्रतिपक्षी दलका नेता बैठकमा नजाने निर्णय नै गरेको पनि बताए ।

    शर्माले पछिल्लो कदमलाई सरकारको सर्वसत्तावाद उन्मुख प्रवृत्तिकै एउटा श्रृङ्खलाको रुपमा लिएको र त्यसविरुद्धको संघर्षलाई अझै घनीभूत बनाउनुपर्छ भन्ने निष्कर्षमा पार्टी पुगेको पनि बताए ।

    ‘संसदीय सुनुवाइपछि मात्रै नियुक्तिको प्रक्रियालाई पूर्णता दिने भन्ने हाम्रो संवैधानिक मर्म छ । त्यस प्रकारको व्यवस्था प्रष्ट छ । तर त्यो केही पनि नगरिकन आज एकाएक सपथ ग्रहण भयो‘’ उनले भने, ‘‘यो स्थिति जन्मनुको पछाडि दुईवटा कुराले प्रधानरुपमा काम गर्यो ।

    एकातर्फ उहाँहरुसंग रहेको भनिएको दुई तिहाइको दम्भ र अर्को तर्फ उहाँहरुको द्वन्द्वका कारणले आज संविधानलाई नै विखण्डित गर्ने प्रकारको यात्रा उहाँहरुले अगाडि बढाउनुभएको छ ।’

     

     

    प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - २०:१८:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको