बिहिवार, कार्तिक १३ गते २०८३

कालीगण्डकी प्रसारण कोरिडोरको खुर्कोट–दाना खण्डको उद्घाटन गर्न प्रधानमन्त्री ओली पर्वत जाँदै

कालीगण्डकी प्रसारण कोरिडोरको खुर्कोट–दाना खण्डको उद्घाटन गर्न प्रधानमन्त्री ओली पर्वत जाँदै

रोदिक खबर

२२, माघ २०७७
  • 3.2K
    SHARES
  • कालीगण्डकी प्रसारण कोरिडोरको खुर्कोट–दाना खण्डको उद्घाटन गर्न प्रधानमन्त्री ओली पर्वत जाँदै

    पर्वत :  प्रधानमन्त्री केपी शर्मा ओली पर्वत जाने भएका छन् । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण कोरिडोरको खुर्कोट–दाना खण्डको उद्घाटन गर्न उनी पर्वत जान लागेका हुन्।

    प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटमा रहेको २२०/१३२ केभी सबस्टेशन, खुर्कोट देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानासम्मको २२० केभी प्रसारण लाइन र दानामा २२०/१३२/३३ केभि सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

    प्रचण्ड नेपाल समूहको आम हड्तालका कारण सुरक्षा चुनौती थपिएको छ। पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी भने कुनै पनि कमजोरी र घटना नहुने गरी सुरक्षा तयारी गरिएको बताएका छन्। राजमार्गमा चल्ने सबै सवारी साधनलाई स्कर्टिङ्ग गर्ने तयारी समेत भएको छ भने सुरक्षा परिचालन बढाइएको छ। 

    पोखरा र बागलुङबाट थप सुरक्षा बल समेत मगाइएको छ। प्रधानमन्त्रीको कार्यक्रमका लागि नेपाल प्रहरीका डिआइजी घनश्याम अर्याल, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका डिआइजी समेत बुधवार देखि नै पर्वतमा छन्।

    प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - ०९:४५:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको