बिहिवार, कार्तिक १३ गते २०८३

संवैधानिक आयोगमा गरिएको नियुक्तिको विरोधमा खोटाङमा सडकमा बसेर हड्ताल 

संवैधानिक आयोगमा गरिएको नियुक्तिको विरोधमा खोटाङमा सडकमा बसेर हड्ताल 

रोदिक खबर

२२, माघ २०७७
  • 3.6K
    SHARES
  • संवैधानिक आयोगमा गरिएको नियुक्तिको विरोधमा खोटाङमा सडकमा बसेर हड्ताल 

    खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल समूह)ले खोटाङमा सडकमा बसेर हड्ताल गरेका छ्न । प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक एवं गैर–कानूनी ढंगले संवैधानिक अंगका पदाधिकारी एवं सदस्यहरुलाई नियुक्त गरेको विरोधमा नेपाल कम्यूनिष्ट पार्टी (दाहाल–नेपाल समुह)ले बिहीबार पध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेलको किरातचोक (रत्नपार्क)मा सडकमै बेञ्च राखेर र गुन्द्री ओछ्याएर बसेर हड्ताल गरेका हुन् । 

    केन्द्रिय सर्कुलर अनुसार हड्ताल सफल बनाउनका लागि नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल समूह) नेता तथा कार्यकर्ता सडकमा बसेपछि फाट्ट–फुट्ट मात्रामा ओहोर दोहोर गरिरहेका सवारी साधन आवागमन पनि ठप्प भएको थियो ।

    नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल समूह)का प्रदेश कमिटि सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख ववि चाम्लिङ, जिल्ला अध्यक्ष देवान किराती पृथ्वी, कार्यालय सदस्य जलसेर राई, सचिवालय सदस्य भागवत घिमिरे, बिनोद आचार्य, मनिषा राई, निसाना राई लगायतका नेताको टोलीले दिउँसो १ बजेदेखि ४ बजेसम्म सडक छेकेर बसेका थिए । 

    ab.jpg

    हड्तालको प्रभाव जिल्लाको यातायात, शैक्षिक संस्था र व्यापार–व्यवसायमा बढि परेको देखिएको छ । जसका कारण जनजीवनमा भने प्रत्यक्ष असर पुगेको छ । बिहान दिक्तेलबजारका होटल तथा पशल आंशिक रुपमा खुले पनि नेकपा (प्रचण्ड–नेपाल समूह) का नेता तथा कार्यकर्ताले बन्द आव्हान गर्दै हिँडेपछि हड्तालको अशर थप देखिएको थियो ।

    अधिकांश होटल र पसलका ढोका बन्द गरिए भने कतिपय होटल तथा पुलको सटर र ढोका आधा खोलेको देखिएको थियो । यस्तै, हड्तालका कारण जिल्लामा दिनभर लामो तथा छोटो दुरीको सवारी साधन ठप्प बनेका छन् । सडक तथा बजारमा बाइक मात्र फाट्टफुट्ट कुदिरहेको देखिएको थियो । 

    हड्तालको कारण निजी तथा सामुदायिक विद्यालयको पठन–पाठन रोकिनुका साथै परिक्षा एकदिन पछि सरेको छ । हड्तालका क्रममा अस्पताल, औषधि, एम्बूलेन्स जस्ता अत्यावश्यक सेवाहरुमा भने रोक नलगाइएको बन्दकर्ताले बताएका छन् । बन्दकाक्रममा कुनै पनि अप्रिय घट्ना नघटेको प्रहरीले जनाएको छ । 

    सरकारले असंवैधानिक एवं गैर–कानूनीढंगले बल मिच्याइ गरेर संवैधानिक अंगका पदाधिकारी एवं सदस्यहरुलाई बुधवार सपथ ग्रहण गराइएको बिरोधमा हड्तालको आयोजना गरिएको नेपाल कम्यूनिष्ट पार्टी (दाहाल–नेपाल समुह)का जिल्ला अध्यक्ष किरातीले बताए । 

    प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - १७:२४:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको