बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसका शुभेच्छुक संस्थाहरूले माघ २४ गते विरोध प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसका शुभेच्छुक संस्थाहरूले माघ २४ गते विरोध प्रदर्शन गर्ने

रोदिक खबर

२२, माघ २०७७
  • 6.4K
    SHARES
  • प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसका शुभेच्छुक संस्थाहरूले माघ २४ गते विरोध प्रदर्शन गर्ने

    प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका शुभेच्छुक संस्थाहरूले माघ २४ गते खोटाङमा विरोध प्रदर्शन गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमका विरुद्ध  शुभेच्छुक संस्थाहरूले शनिवार प्रदर्शन गर्ने  भएका हुन् ।

    नेपाल शिक्षक संघ खोटाङका अध्यक्ष शिवहरी ढकालका अनुसार कांग्रेसका शुभेच्छुक संस्थाहरूले शनिवार दिउसो १२ बजे देखि १२ः३० सम्म आधा घण्टा दिक्तेलको त्रिवेणी चौकमा विरोध प्रदर्शन गर्ने  भएका हुन् । प्रतिनिधिसभा विघटन गर्ने कदम र ओली नेतृत्वको सरकारका तीन वर्षका बेथितिलाई समेत मुद्दा बनाइने अध्यक्ष ढकालले बताए ।

    नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा गत मंगलवार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभा विघटनको विरोधमा शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा संयुक्तरुपले विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने निर्णय गरेको थियो ।

    प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - २१:५१:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको