बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिनिधिसभा विघटनविरुद्ध खोटाङमा पेशाकर्मीको विरोध प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध खोटाङमा पेशाकर्मीको विरोध प्रदर्शन

रोदिक खबर

२४, माघ २०७७
  • 4.6K
    SHARES
  • प्रतिनिधिसभा विघटनविरुद्ध खोटाङमा पेशाकर्मीको  विरोध प्रदर्शन

    नेपाली कांग्रेससम्बद्ध शुभेच्छुक संस्थाहरूले  प्रतिनिधि सभा विघटनविरुद्ध खोटाङमा मौन विरोध प्रदर्शन गरेका छन् । उनीहरुले प्रतिनिधिसभा विघटनको विरोध गर्दैे दिक्तेलको त्रिवेणी चौकमा शनिबार दिक्तेलको त्रिवेणी  चोकमा आधा घण्टा मौन विरोध प्रर्दशन गरेका हुन् ।

    p1.jpg

    उनीहरुले कालो मास्क लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रर्दशन गरेका हुुन् । 
    विरोध स्वरुप प्ले कार्ड र कालो मास्क लगाएका पेशाकर्मीहरुले मध्यान्ह १२ बजेदेखि १२ः३० सम्म दिक्तेलको त्रिवेणी चौकमा आधा घण्टा विरोध जनाएको नेपाल प्रजातन्त्रिक महासंघ खोटाङका अध्यक्ष अनिल आचार्यले जानकारी दिए ।

    विरोध प्रदर्शनमा सहभागिहरुले ‘प्रतिनिधिसभाको पुर्नबहाली गर, संवैधानिक सर्वोच्चता कायम गर, सामाजिक सुरक्षा भत्ता लागू, आमनागरिकलाई निःशुुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता नारा लेखिएका प्लेकार्ड उनीहरुले बोकेका थिए ।

     

    कार्यक्रममा नेपाल ट्रेड युुनियन कांग्रेस, नेपाल प्रजातान्त्रिक महासंघ, नेपाल निजामति कर्मचारी युनियन संघ, नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन, प्रजातन्त्रवादी प्राध्यापक संघ, स्वास्थ्यकर्मी संघ, नेपाल सांस्कृतिक संघ लगायतका संघसंस्थाका प्रतिनिधि सहभागी रहेको विरोध प्रदर्शन कार्यक्रममा नेपाल ट्रेड युुनियन कांग्रेस खोटाङका अध्यक्ष कृष्णप्रसाद आचार्य र नेपाल शिक्षक संघका अध्यक्ष शिवहरी ढकालले कार्यक्रमलाई सम्वोधन गरेका थिए ।
    नेपाली कांग्रसले देशव्यापी रुपमा आह्वान गरेको विरोध कार्यक्रम अनुरुप खोटाङमा पनि  सो कार्यक्रमको आयोजना गरिएको हो ।

     

     

    प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - १७:१९:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको