• ट्रेण्डिङ:

कांग्रेसको केन्द्रीय सभापतिमा गुरुङको उम्मेद्वारी घोषणा 

कांग्रेसको केन्द्रीय सभापतिमा गुरुङको उम्मेद्वारी घोषणा 

रोदिक खबर

२७, माघ २०७७
  • 3.5K
    SHARES
  • कांग्रेसको केन्द्रीय सभापतिमा गुरुङको उम्मेद्वारी घोषणा 

    खोटाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले कांग्रेसको आसन्न महाधिबेसनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाल प्रेस यूनियन खोटाङले मंगलबार बिहान दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य गुरुङले आगामी १४ औं महाधिबेसनका लागि सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।

    केही समय अघिदेखि प्रदेश नम्बर १ का विभिन्न जिल्लाको दौडाहामा रहेका गुरुङले खोटाङ आइपुगेका केन्द्रीय सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    उनले कांग्रेस खोटाङका पूर्वसभापति एबं महासमिति सदस्य विष्णुकुमार राई, प्रतिनिधि सभा सदस्य हिरा गुरुङ, संविधान सभा सदस्य सरस्वती वजिमय, महासमिति सदस्य रविप्रकाश राई, जिल्ला सचिव ज्ञानेन्द्र जोशीलाई साक्षी राख्दै सभापतिको उम्मेद्वार दिने घोषणा गरेका छन् । कांग्रेस नेता गुरुङले कांग्रेस सभापतिमा उम्मेद्वारी दिएको शव्द पटक–पटक दोहो¥याएका थिए । 
    पार्टीभित्र एक जनाले मात्र अवशर लिइरहेको अवस्थामा सवैलाई न्यायोचित अवसर सुनिश्चितता एवं निर्णायक तहमा पृथक–पृथक व्यक्तिको उपस्थितिका लागि सभापतिमा उम्मेद्वारी घोषणा गरेको वताए ।

    ‘फेरी पनि भन्छु महाधिबेसनमा म कल्याणकुमार गुरुङ पार्टीको सभापति पदमा उम्मेद्वारी दिन्छु । म केन्द्रीय सभापति पदको उम्मेद्वार हुँ,’ गुरुङले भने, ‘पार्टीभित्र सवैको न्योचित अवसर र पृथक–पृथक व्यक्तिबिचको प्रतिनिधित्वका लागि पार्टीको केन्द्रीय सभापतिमा मैले उम्मेदवारी दिएको हुँ ।’ 

    प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - १४:०३:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको