• ट्रेण्डिङ:

ओलीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार छैन : नारायणकाजी श्रेष्ठ

ओलीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार छैन : नारायणकाजी श्रेष्ठ

रोदिक खबर

२८, माघ २०७७
  • 2.2K
    SHARES
  • ओलीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार छैन : नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको बताएका छन् ।

    प्रधानमन्त्री चारवटा अवस्थामा पदमुक्त हुने उल्लेख गर्दै उनले अहिलेका प्रधानमन्त्रीलाई कामचलाउ पनि घोषणा नगरिएकाले पदमा बस्न नमिल्ने उनले बताए । वैशाखको चुनाव बहिष्कार गर्ने संकेत उनले गरे ।

    ‘कुन चुनाव ? संविधानलाई घात गर्ने संविधानविरोधी चुनाव हामीलाई चाहिएको छैन । चुनाव लोकतन्त्रको एक मुख्य अंग हो । लोकतन्त्रलाई ध्वंस गर्ने र हत्या गर्ने चुनाव हामीलाई चाहिएको छैन,’ उनले भने, ‘ओलीले फासिवादको अभ्यास गर्दैछन्, हामीलाई त्यो स्वीकार्न तयार छैनौँ ।’

    ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कदम गल्ती भएको बताउँदै उनले माफी मागे । वर्तमान सरकारले गरेका सबै नियुक्ति खारेज गरिने उनले बताए ।

    प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - १७:३८:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको