• ट्रेण्डिङ:

मिस्टर केपी ओलीले बहुमत ल्याउँछु भनेछन्, उनको खुट्टी हेरेरै पत्यायौं  : वरिष्ठ नेता झलनाथ खनाल

मिस्टर केपी ओलीले बहुमत ल्याउँछु भनेछन्, उनको खुट्टी हेरेरै पत्यायौं  : वरिष्ठ नेता झलनाथ खनाल

रोदिक खबर

२८, माघ २०७७
  • 4.9K
    SHARES
  • मिस्टर केपी ओलीले बहुमत ल्याउँछु भनेछन्, उनको खुट्टी हेरेरै पत्यायौं  : वरिष्ठ नेता झलनाथ खनाल

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेला कस्तो हुन्छ हेर्न आग्रह गरेका छन्।

    काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीले दरबार अघि उभिएर केही मान्छे भेला गरेर सभा कस्तो हेनुहोस्) भने। तर, ओली गुटको मानिसहरु आउनुहोस् भेला भनेको कस्तो हुन्छ।’ निर्वाचन आयोगलाई पनि आधिकारिक नेकपा भनेको कुन भनेर सकस परेको बेलामा आजको भेलाले सहज हुने उनले बताए।

    ‘निर्वाचन आयुक्तहरू आउनुहोस् हेर्न लाई को हो आधिकारिक पार्टी को हो’ उनले भने, ‘ओलीलाई भन्न चाहान्छु दुई चार हजार मान्छेलाई राखेर दुई तिहाई बहुमत ल्याउँछु चुनाव गराउँछु भन्ने।’ दुई वर्षपछि कहाँ कसले बहुमत ल्याउँछ हेर्न आग्रह गरे। अबको बाटो भनेको समाजवादको रहेको बताए।

    ओलीलाई भविष्यमाथि विश्वास नभएको कारणले पशुपति नाथको शरणमा पुगेको बताए। अहिलेको संघर्ष नेकपाको दुई गुटका मात्रै नभएको ओलीको पुस ५ को प्रतिगमनविरुद्ध भएको बताए। 

    प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - १८:०२:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको