• ट्रेण्डिङ:

नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलायो

नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलायो

रोदिक खबर

२९, माघ २०७७
  • 7.5K
    SHARES
  • नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलायो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ ।

    गोरखाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ  झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेकी थिइन्।महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि बोलाइएको जानकारी दिए।  तर झाँक्रीले आउन अस्वीकार गरेकी छन् ।

    गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

     

     

    प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - ११:२६:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको