• ट्रेण्डिङ:

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासहित चार दलले संयुक्त मोर्चाको घोषणा गर्दै

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासहित चार दलले संयुक्त मोर्चाको घोषणा गर्दै

रोदिक खबर

२९, माघ २०७७
  • 3.6K
    SHARES
  • प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासहित चार दलले संयुक्त मोर्चाको घोषणा गर्दै

    काठमाडौं  । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसहित चार दलले आज संयुक्त मोर्चाबन्दी घोषणा गर्ने भएका छन्‌। अहिलेको संकटको निकासको विकल्पसहित मोर्चाको घोषणा गर्न लागिएको बुझिएको छ । यी पार्टीहरूले नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादीमा दिउँसो १२ बजे एक कार्यक्रम गरी संयुक्त रणनीतिक मोर्चाको घोषणा गर्ने जनाएका छन् ।

    प्रतिबन्धित पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले रणनीतिक संयुक्त मोर्चाबन्दी घोषणा गर्न लागेका हुन्‌।

    प्रतिबन्धित पार्टीको शीर्ष नेतृत्व समेतको उपस्थितिमा हुने कार्यक्रममा बिहीबार रणनीतिक संयुक्त मोर्चा घोषणा एवं मोर्चाको अवधारणापत्र, संरचना र संघर्षका कार्यक्रम सार्वजनिकीकण गर्ने बताइएको छ।

    विप्लव नेतृत्वको नेकपालाई सरकारले गरेको प्रतिबन्ध कायमै छ। केही समययता सो पार्टीसँग सरकारले वार्ता गर्न लागेको खबरहरू सार्वजनिक भइरहेका छन्‌। 

     

    प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - ११:४२:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको