• ट्रेण्डिङ:

प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउ

प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउ

रोदिक खबर

२९, माघ २०७७
  • 3.5K
    SHARES
  • प्रचण्ड–माधव पक्षकी नेतृ   रामकुमारी झाँक्री पक्राउ

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    झाक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि झाक्रीको निवासमा भेला भएका नेकपा कार्यकर्ताले नारावाजी चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए । ‘उनीहरुले प्रतिगमन मुर्दावाद, रामकुमारी झाक्री हाईहाई’ भन्ने नारा लगाएका थिए । यसअघि झाक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिदै आएको थियो ।

    झाक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिब्यक्ति दिएको आरोप सरकारी पक्षको छ । पक्राउ पर्नुअघि झाक्रीले लोकतन्त्रको उपहास भएको प्रतिक्रिया दिइन् । ‘नागरिकले सडकमा विद्रोहको भाषा बोल्न नपाउने भन्ने हुँदैन । तानाशाहहरु ढल्ने बेलामा यस्तै हुन्छ, निभ्ने बेलाको बत्ति जस्तै’ झाँक्रीको भनाई छ ।

    ‘हामीले कहिल्यै नखोसिने लोकतन्त्र ल्याएका थियौं । संविधानमाथि आक्रमण भएको छ । संसद विघटन गरेर प्रतिगमनका विरुद्धमा हामीले संघर्ष गर्दा अभिव्यक्त विचारका आधारमा आज ओली नेतृत्वको सरकारले पक्राउ गरेको छ’, उनले भनिन्, ‘पक्राउ पूर्जीका आधारमा म आफ्नै निवासबाट गिरफ्तारी दिँदैछु ।’ उनले राज्यको आदेश तामेल गर्ने क्रममा खटिएका सुरक्षाकर्मीमाथि धन्यवाद पनि दिइन् ।

    हेक्का रहोस् भारी नहोस् !

    झाँक्री पक्राउको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले विरोध गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन, ‘राजतन्त्र भएको बेलामा ‘पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्वीस बैंकमा पैसा राखेकी छन्’ भनेर सडकमा नारा लाग्दा कोही नसमातिएको, ‘राजा वीरेन्द्रको बंश विनाश ज्ञानेन्द्र र पारसले गरेका हुन्’ भनेर बोल्दा–लेख्दा कसैमाथि मुद्दा लगाएको नसुनिएको तर आज गणतन्त्रमा गणतन्त्रका लागि रगत बगाउने रामकुमारी झाँक्रीलाई ‘राष्ट्रपतिको आलोचना गरेको’ अभियोगमा गिरफ्तार ! हेक्का रहोस् आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस् !’

    प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - १७:०९:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको