• ट्रेण्डिङ:

नेतृ रामकुमारी झाँक्रीको पक्राउले अधिनायकवादी चरित्र उदाङ्गियो : वरिष्ठ नेता पौडेल

नेतृ रामकुमारी झाँक्रीको पक्राउले अधिनायकवादी चरित्र उदाङ्गियो : वरिष्ठ नेता पौडेल

रोदिक खबर

२९, माघ २०७७
  • 2.9K
    SHARES
  • नेतृ रामकुमारी झाँक्रीको पक्राउले अधिनायकवादी चरित्र उदाङ्गियो : वरिष्ठ नेता पौडेल

    वरिष्ठ नेता पौडेल काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (प्रचण्ड-माधव पक्ष)की नेतृ एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गरी सरकारले अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिको आधारमा राज्यविरुद्धको कसुरमा झाँक्रीलाई पक्राउ गरेपछि त्यसको विरोध गर्दै पौडेलले ट्वीटरमा लेखेका छन् ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नाङ्गो हस्तक्षेप गरेको छ।’ पौडेलले झाँक्रीलाई पक्राउ गरिएको घटनामा घोर भर्त्सना गर्दै बिनाशर्त रिहाइको माग समेत गरेका छन् ।

    बिहीबार बिहान प्रहरीले शंखमूल स्थित झाँक्रीको आफ्नै घरबाट पक्राउ गरी नेपाल प्रहरीको अपराध महाशाखामा सोधपुछको लागि राखेको छ ।

    प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - १७:५५:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको