• ट्रेण्डिङ:

फागुन २३ गतेदेखि सर्वसाधारणलाई कोरोना खोप दिने तयारी

फागुन २३ गतेदेखि सर्वसाधारणलाई कोरोना खोप दिने तयारी

रोदिक खबर

३०, माघ २०७७
  • 3.4K
    SHARES
  • फागुन २३ गतेदेखि सर्वसाधारणलाई कोरोना खोप दिने तयारी

    काठमाडौं । सरकारले फागुन २३ गतेदेखि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । खोप आउने निश्चित भएपछि सर्वसाधारणलाई खोप दिने तयारी मन्त्रालयले गरेको हो ।

    २३ गतेदेखि सरकारले ५५ वर्षमाथि उमेर समूहलाई खोप दिने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै फागुन २ देखि ८ गतेसम्म सरकारी कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि, बैंकका कर्मचारी,सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी खोप दिइने खोप महाशाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए ।

    अनुसार खोप दिनका लागि स्थानीय तहमै खोप केन्द्रहरु बनाउने तयारी भइरहेको उनले बताए। अहिले उपलब्ध खोप सेवा प्रदायक क्षेत्रमा दिँदा त्यहाँको सेवा सुचारु भइरहने भएकाले यस्तो निर्णय गरेको उनले बताए ।

    भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि सरकारले मा१४ गतेबबाट खोप लगाउन सुरु गरेको थियो । जसअनुसार पहिलो चरणमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीलगायत फ्रन्टलाइनरलाई खोप दिइएको थियो । यस्तै, २६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइएको छ।

    प्रकाशित मिति :माघ ३०, २०७७ शुक्रवार - १९:००:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको