काठमाडौं / वृहत नागरिक आन्दोलनले काठमाडौंमा महिलामाथिका हिंसा र विभेदविरूद्धका घटनाको विरोध गर्दै प्रतिकात्मक शव र मलामीसहितको मार्चपास भएको छ ।

बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च भएको हो । मार्चमा प्रतिकात्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरेका थिए।
प्रदर्शनमा सरकारविरुद्ध एकोहोरो शंख बजाउनुका साथै सहभागीले ‘बलात्कारीलाई फाँसी दे’ ‘हत्यारालाई कारबाही गर्’ लगायतका नारा लगाएका थिए।

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनापछि महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेका छन्।