खोटाङ । नेपाल सार्वजनिक यातायात राष्ट्रिय महासंघका उपाध्यक्ष एवं खोटाङ यातायात प्रालिका निवर्तमान अध्यक्ष गणेशविक्रम शाहीले अग्नी पीडित यातायात व्यावसायीलाई आर्थिक सहयोग गरेका छन् ।
गत साउन ७ गते विद्युत सर्ट हुँदा भएको आगलागीका कारण विस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका गोविन्द कट्वाललाई शाहीले खोटाङ यातायात प्रालिको दोश्रो वार्षिक साधारण सभाको अवशरमा नगद १० हजार सहयोग गरेका हुन् ।
अग्नी पीडित कट्वाल प्रालिका कोषाध्यक्ष हुन् । आगलागीबाट कट्वालको करीव ४० लाख बराबरको क्षति भएको थियो ।