• ट्रेण्डिङ:

आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई कोरोना खोप दिइने

आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई कोरोना खोप दिइने

रोदिक खबर

२, फाल्गुण २०७७
  • 3.5K
    SHARES
  • आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई कोरोना खोप दिइने

    काठमाडौं । सरकारले आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई कोरोना खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय खोटाङले जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाईजिल्ला अस्पताल दिक्तेलबाट फगुन २ गतेबाट ८ गतेसम्म र ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी खोटाङबजारबाट ३ गतेदेखि ९ गतेसम्म कोरोना खोप दिइने स्वास्थ्य कार्यालय खोटाङ प्रमुख पुन्यप्रसाद सिग्देलले जानकारी दिए ।

    स्वास्थ्य कार्यालय खोटाङ प्रमुख  सिग्देलका अनुसार जिल्लाका तीन स्थानबाट  एक हजार ८ सय ३ जनालाईखोप दिइनेछ । पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरुलाई पनि यसै चरणमा खोप उपलब्ध गराइने छ ।

    स्वास्थ्य कार्यालय खोटाङले जिल्ला अस्पतालबाट सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, सीमा सुरक्षामा खटिएकाहरुलाई खोप उपलब्ध गराएको थियो । खोप लगाउन जाँदा आफ्नो कार्यालयको परिचय पत्र साथमै लिएर जानुपर्ने कार्यालयले जनाएको छ ।

    नेपाल सरकारले माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । नेपालमा कोरोनाविरुद्ध कोभिसिल्ड खोप प्रयोगमा ल्याइएको छ । कोभिशिल्ड खोप भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको हो । यो खोप ७० प्रतिशत प्रभावकारी मानिएको छ । खोपले कुनै असर नगर्ने भएकाले निर्धक्कका साथ खोप लगाउन सरकारले सबैमा अपील गरेको छ ।

    प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - ०८:१३:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको