• ट्रेण्डिङ:

अदालत प्रधानमन्त्रीको धम्कीसँग नडराओस् : कांग्रेस नेता  थापा

अदालत प्रधानमन्त्रीको धम्कीसँग नडराओस् : कांग्रेस नेता  थापा

रोदिक खबर

३, फाल्गुण २०७७
  • 4.1K
    SHARES
  • अदालत प्रधानमन्त्रीको धम्कीसँग नडराओस् : कांग्रेस नेता   थापा

     काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सर्वोच्चले ‘अदालत मिलाउन सम्भव छैन’ भन्ने सन्देश दिन सक्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा चितवनको भरतपुरमा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले सनकको भरमा संसद भंग गर्न नपाउने बताए ।

    कांग्रेसले संसद विघटनलाई असंवैधानिक भनेको भन्दै उनले अदालतले पढ्ने संविधान पनि त्यही भएको बताए । ‘मेरो अदालत प्रधनमन्त्रीको धम्कीसँग नडराओस्’ उनले भने, ‘मेरो कुरा पनि नसुनोस्, प्रचण्ड र केपी ओलीको सभा पनि नहेरोस् । केबल संविधान मात्र हेरोस् ।’

    प्रधानमन्त्रीले मेरो सनकलाई अदालतले सदर गर्छ, मैले सबै मिलाएको छु भन्ने सन्देश दिएको भन्दै थापाले भने, ‘अदालतले देखाइदेओस्, तपाईले राष्ट्रपति मिलाएको जस्तो नेपालको अदालत मिलाउन सम्भव छैन भनोस् ।’

    प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - १६:४७:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको