• ट्रेण्डिङ:

कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता गर्ने प्रस्ताव

कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता गर्ने प्रस्ताव

रोदिक खबर

५, फाल्गुण २०७७
  • 3.2K
    SHARES
  • कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता गर्ने प्रस्ताव

     काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ दोस्रो साता गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेश भएको छ । यद्यपि यो मितिमा १०/१५ दिन तलमाथि हुनसक्ने नेताहरुले बताएका छन् ।

    पाँच वर्षमा पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानअनुसार ६ महिना म्याद थपका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विधानको धारा ४३ मा ६ महिना म्याद थपको व्यवस्था राख्ने प्रस्ताव गरे ।

    साथै भदौ ७-१० गतेसम्म महाधिवेशन गर्ने गरी नर्या कार्यतालिका समेत बैठकमा पेश गरेका छन् । प्रस्तावित कार्यतालिकाअनुसार जेठ मसान्तभित्र क्रियाशील सदस्यताबारे परेको उजुरी छानविन गरेर अन्मि निर्णय गर्ने र सभापतिलाई अन्तिम सूचि बुझाइने छ भने २० असारबाट निर्वाचन सुरु हुनेछ ।

    क) गाउँ/नगर वडा अधिवेशन- २०७८ असार २० गते

    ख) गाउँ/नगरपालिका अधिवेशन- २०७८ असार २२ गते

    ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७८ असार २५ गते

    घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ असार २७ गते ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ असार ३० गते

    च) प्रदेश अधिवेशन- २०७८ श्रावण ६ गते

    छ) केन्द्रीय महाधिवेशन – २०७८ भाद्र ७, ८,९ र १० काठमाडौं

    बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छलफल भएपनि सहमति हुन सकेको छैन । एक नेता भन्छन्, ‘भोलिसम्म यसलाई टुग्याउने सहमति भएको छ ।’ उनका अनुसार प्रस्तावित मिति १०/१५ दिन तलमाथि हुनसक्छ ।

    प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - २०:५६:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको