• ट्रेण्डिङ:

निर्मलाको हत्यारा कानूनी कठघरा नजिकै छ : गृहमन्त्री थापा

निर्मलाको हत्यारा कानूनी कठघरा नजिकै छ : गृहमन्त्री थापा

रोदिक खबर

८, फाल्गुण २०७७
  • 2.9K
    SHARES
  • निर्मलाको हत्यारा कानूनी कठघरा नजिकै छ : गृहमन्त्री थापा

    गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी कानूनको कठघरा नजिक आएको बताएका छन् । शनिवार नेकपा प्रदेश १ कमिटीले शनिवार  विराटनगरमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै मन्त्री थापाले सरकारले देशमा कुनै पनि अपराधीलाई कुनै पनि किसिमको छुट नदिने बताएका छन् ।

    गृहमन्त्री थापाले भने, निर्मलाको बलात्कारी पनि कानूनको कठघरा नजिक आएको छ । म सबै अपराधीहरूलाई सचेत गर्न चाहन्छु । यो सरकारले देशमा कुनै पनि अपराधीलाई कुनै पनि किसिमको छुट दिनेछैन ।

    मन्त्री थापाले सरकारले महिला हिंसा विरुद्ध अभियान चलाएको समेत बताएका छन् । उनले भने, 'यो कार्यकालमा हामीले महिला हिंसाको विरुद्ध अभियान चलायौँ । त्यसको विरुद्ध अभियान चलायौँ ।

    अस्ति भर्खर हाम्रा प्रधानमन्त्रीले भन्नुभयो, अपराधीहरूलाई पानीमुनि गएपनि छोड्ने छैनौं । त्यो भागरथीको सन्दर्भमा थियो, हामीले प्रधानमन्त्रीको उद्‍घोषलाई सावित गर्‍यौं र कानूनको कठघरामा ल्याउन सफल भएका छौं । '

    प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - १९:२१:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको