शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

प्रचण्डले केटाकेटीले पुतलीका लागि झगडा गरे जस्तै गरेः   प्रधानमन्त्री ओली 

प्रचण्डले केटाकेटीले पुतलीका लागि झगडा गरे जस्तै गरेः   प्रधानमन्त्री ओली 

रोदिक खबर

८, फाल्गुण २०७७
  • 3.2K
    SHARES
  • प्रचण्डले केटाकेटीले पुतलीका लागि झगडा गरे जस्तै गरेः   प्रधानमन्त्री ओली 

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहले आफ्नो पक्षमा कतिपयलाई झुक्याएर हस्ताक्षर गराएको दावी गरेका छन् । उनले कोही पनि भ्रममा पर्न जरुरी नरहेको भन्दै मुल पार्टी आफू अध्यक्ष रहेको नेकपा नै रहेको दावी गरे ।

    विराटनगरमा शनिवार आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै उनले पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ का प्रदेशसभा सदस्य उषाकला राई मुल घरमा फर्किएको बताए ।

    यसैगरी सभामुख अग्नि सापकोटाले किर्ते हस्ताक्षर गरेको आरोप लगाउँदै उपराष्ट्रपनि नन्दबहादुर पुनले पनि राजनीतिक भाषण गर्दै हिँडेको आरोप लगाए । उनले प्रतिनिधिसभामा ६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले संसद विघटन गरेको बताउँदै बाध्य भएर ताजा जनादेशमा जानुपरेको बताए ।

    सर्वोच्च अदालतले दवावमा कुनै अन्यथा निर्णय लिन्छ जस्तो आफूलाई नलागेको पनि उनले बताए । सर्वोच्च अदालतले पनि देशमा भइरहेको विभिन्न सभालाई हेर्दै होला भन्दै उनले महाधिवेशनबाट आएको अध्यक्षलाई हटाएर ‘मलाई अध्यक्ष चाहियो’ भनेर नपाइने बताए । उनले कसैले अध्यक्ष दिँदैमा भइनहाल्ने भन्दै माधव नेपाललाई मख्ख नपर्न चुनौति दिए ।

    ‘निर्वाचन आयोगले भनिसकेको छ कि पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा पार्टी हो, अरु अध्यक्षलाई चिन्दिनँ भन्यो ।

    तैपनि कोहीकोही अध्यक्ष बनेर हिँडिरहेका छन्’, उनले भने । कहिल्यै सूर्य चिन्हबाट चुनाव नलडेका प्रचण्डले आयोगमा गएर सूर्य चिन्ह आफ्नो हो भनि दावी गर्नु केटाकेटीले पुतलीका लागि झगडा गर्नु जस्तै भएको ओलीले टिप्पणी गरे ।

    प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - १९:५९:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको