• ट्रेण्डिङ:

विराटनगरबाट प्रधानमन्त्रीले अदालतलाई दबाब दिएको भन्दै कांग्रेस प्रवक्ताको ट्वीट मार्फत आपत्ति

विराटनगरबाट प्रधानमन्त्रीले अदालतलाई दबाब दिएको भन्दै कांग्रेस प्रवक्ताको ट्वीट मार्फत आपत्ति

रोदिक खबर

८, फाल्गुण २०७७
  • 3.0K
    SHARES
  • विराटनगरबाट प्रधानमन्त्रीले अदालतलाई दबाब दिएको भन्दै कांग्रेस प्रवक्ताको ट्वीट मार्फत आपत्ति

     काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अदालतले जनताको पक्षमा फैसला नदिए आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमार्फत प्रवक्ता शर्माले अदालतलाई धम्की दिनु लोकतान्त्रिक कार्य नभएको टिप्पणी गरेका छन् । शर्माले लेखेका छन्, ‘अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने ओलीको विराटनगर मन्तव्य पदिय गरिमा विपरीत छ ।

    न्यायालयको फैसला स्वीकार्छौं कहिल्यै नभन्ने र चेतावनी प्रशारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन ।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने अदालतको फैसला स्वीकार्ने बताउँदै आएका छन् ।

    प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - २०:०४:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको