• ट्रेण्डिङ:

बाक्सिलामा निःशुल्क स्वास्थ्य शिबिर सुरु, १४४ को उपचार 

बाक्सिलामा निःशुल्क स्वास्थ्य शिबिर सुरु, १४४ को उपचार 

रोदिक खबर

८, फाल्गुण २०७७
  • 4.9K
    SHARES
  • बाक्सिलामा निःशुल्क स्वास्थ्य शिबिर सुरु, १४४ को उपचार 

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको छ । स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई लक्षित गर्दै जनसेवा समाज नेपाल जालपा र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित कोरोना सहायता परियोजनाले जनसेवा सामुदायिक अस्पताल जालपासँगको सह–आयोजनामा विशेषज्ञ सहितको स्वास्थ्य शिविर सुरु गरेको हो ।

    विशेषज्ञ डाक्टर सहितको शिविरको पहिलो दिन १४४ जनाको स्वास्थ्य जाँच तथा उपचार गरिएको कोरोना सहायता परियोजनाका कार्यक्रम संयोजक उमेत राईले जानकारी दिए । 

    शनिबार सुरु गरिएको स्वास्थ्य शिविरमा पाठेघरको क्यान्सरको अवस्थाका बारेमा थाहा पाउन १० जनाको सर्भाइकल टेष्ट, १८ जनाको भिडियो एक्सरे, एक सय जनाभन्दा बढिको आँखा जाँच, ३२ जनाको ३६ वटा दाँत फुकालिएको, १० जनालाई निःशुल्क चस्मा वितरण गरिएको, विभिन्न रोगका १७ जना विरामी बालबालिकाको चेकजाँच गरिएको छ ।

    शिविरमा आँखाको शल्यक्रिया गर्नुपर्ने ७ जना बिरामीको पहिचान भएको कार्यक्रम संयोजक राईले बताए । स्वास्थ्य शिविर गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले उद्घाटन गरेका थिए । 

    ha.jpg

    दूरदराजमा रहेका सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखेर जनसेवा अस्पतालले सुरु गरेको अभियान अन्तरगत बाक्सिलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

    स्वास्थ्य शिबिरमा २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्स–रे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपाङ्ग, महिला तथा वालवालिकाको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइएको छ ।

    गत बुधवार र विहिवार ऐसेलुखर्कको ऐसेलुखर्कबजारमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमा एक जना एमडिजिपी, दुई जना मेडिकल अफिसर, एक जना बालरोग विशेषज्ञ, एक जना दन्तरोग विशेषज्ञ गरी १४ जना स्वास्थ्यकर्मी टोलीले उपचार सेवा दिइरहेका जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए । 
    जिल्लाको पूर्वी–उत्तरी क्षेत्रका स्थानीयको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुँच बिस्तार गर्ने उद्देश्यका साथ २०६९ सालमा स्थापित जनसेवा सामुदायिक अस्पतालले क्रमशः फागुन ११ र १२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका, फागुन १४ र १५ गते रावाबेँसी गाँउपालिकाको हरमटारमा र फागुन १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा स्वास्थ्य शिबिरको तयारी गरेको छ । 

    प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - २०:४०:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको