• ट्रेण्डिङ:

स्वास्थ्य शिविरमा ४५३ सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा 

स्वास्थ्य शिविरमा ४५३ सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा 

रोदिक खबर

९, फाल्गुण २०७७
  • 3.9K
    SHARES
  • स्वास्थ्य शिविरमा ४५३ सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा 

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आयोजना गरिएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा ४५३ जना सर्वसाधारणले उपचार सेवा पाएका छन् ।

    जनसेवा समाज नेपाल जालपा र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित कोरोना सहायता परियोजनाले जनसेवा सामुदायिक अस्पताल जालपासँगको सह–आयोजनामा आयोजना गरेको विशेषज्ञ सहितको स्वास्थ्य शिविरमा पहिलो दिन १४४ जना र दोश्रो दिन ३०९ जना सर्वसाधारणले स्वास्थ्य जाँच गराउनुका साथै उपचार सेवा पाएका हुन् ।

    स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई लक्षित गर्दै शनिबार र आइतबार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा पाठेघरको क्यान्सरको अवस्थाका बारेमा थाहा पाउन २५ जनाको सर्भाइकल टेष्ट, ५३ जनाको भिडियो एक्स–रे, ६२ जनाको ९१ वटा दाँत फुकालिएको, ७५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको, विभिन्न रोगका ५२ विरामी बालबालिकाको चेकजाँच गरिएको छ ।

    शिविरमा आँखाको शल्यक्रिया गर्नुपर्ने १५ जना बिरामीको पहिचान गरिएको कोरोना सहायता परियोजनाका कार्यक्रम संयोजक उमेत राईले बताए । यस्तै, २५ जना डायबिटिज र ६ जनाको पिसाव परीक्षण गरिएको छ । शिविरमा ६० वर्ष भन्दा माथिका आँखाका विरामीलाई गाउँपालिकाले निःशुल्क चश्मा वितरण गरेको हो । स्वास्थ्य शिबिर गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले उद्घाटन गरेका थिए । 

    दूरदराजमा रहेका सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखेर जनसेवा अस्पतालले सुरु गरेको अभियान अन्तरगत बाक्सिलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । गत बुधवार र बिहिबार ऐसेलुखर्कको ऐसेलुखर्कबजारमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

    शिबिरमा एक जना एमडिजिपी, दुई जना मेडिकल अफिसर, एक जना बालरोग विशेषज्ञ, एक जना दन्तरोग विशेषज्ञ गरी १४ जना स्वास्थ्यकर्मी टोलीले उपचार सेवा दिइरहेको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुब श्रेष्ठले बताए ।

    स्वास्थ्य शिबिरमा २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्सरे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपाङ्ग, महिला तथा वालवालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ । 

    जिल्लाको पूर्वी–उत्तरी क्षेत्रका स्थानीयको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुँच बिस्तार गर्ने उद्धेश्यका साथ २०६९ सालमा स्थापित जनसेवा सामुदायिक अस्पतालले क्रमशः फागुन ११ र १२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका, फागुन १४ र १५ गते रावाबेँसी गाँउपालिकाको हरमटारमा र फागुन १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा स्वास्थ्य शिबिरको तयारी गरेको छ । 

    प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - २०:०८:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको