• ट्रेण्डिङ:

सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै दिक्तेलमा दिपावली

सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै दिक्तेलमा दिपावली

रोदिक खबर

११, फाल्गुण २०७७
  • 6.3K
    SHARES
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै दिक्तेलमा दिपावली

    प्रतिनिधिसभा विघटनको फैसला सर्वोच्च अदालतले बदर गरेपछि दिक्तेलमा खुसीयालीसहित दिपावली गरेका छन् । नेपाली कांग्रेस खोटाङ र प्रचण्ड–माधव समुहको राष्ट्रिय युवा संघ खोटाङको  आयोजनमा दिक्तेलको त्रिवेणी चोकमा सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै मंगलवार साँझ छुट्टाछुट्टै स्थानमा दिपावली गरेका हुन् 

    सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको खुसीयालीमा दिपावली गरिएको नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले बताए । उनले अदालतको यो फैसलाले ऐतिहासिक जित भएको बताए ।

    nc1.jpg

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको छ । मंगलबार सर्वोच्चले प्रधानमन्त्रीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै संसद बैठक १३ दिनभित्र बोलाउन आदेश दिएको हो ।  

    nc2.jpg

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन् । ओलीको कदम असंवैधानिक रहेको भन्दै सर्वोच्चमा अलग–अलग १३ वटा रिट निवेदन दर्ता भएका थिए । ती सबै रिटलाई एकसाथ हेर्दै डेढ महिनादेखि संवैधानिक इजलासमा सुनुवाई हुँदै आएको थियो ।

    nek.jpg

     

    प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - २०:५९:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको