खोटाङ । संसद पुःर्नस्थापनाको खुसीयालीमा खोटाङको जन्तेढुंगा गाउँपालिकामा दिप प्रज्वलन गरिएको छ । सर्वोच्च अदालतले विघटित संविधानसभा पुःर्नस्थापना गर्ने फैसला गरेको खुसीयालीमा नेकपा (दाहाल–नेपाल) जन्तेढुंगा गाउँ पालिका कमिटिले बुधबार साँझ दिप प्रज्वलन गरेको हो ।
नेकपा (दाहाल–नेपाल) जन्तेढुंगा गाउँ पालिका कमिटिले चिसापानीबजारमा रहेको पार्टी कार्यालय अगाडि नेपालको नक्सा बनाएर २७५ वटा क्यान्डिल बालेका छन् । २७५ जना संविधानसभा सदस्यको प्रतिकका रुपमा त्यत्ती नै संख्याको क्यान्डिल बालिएको नेकपा (दाहाल–नेपाल) जिल्ला कमिटि सदस्य एबं जन्तेढुंगा गाउँ पालिकाका सह–ईन्चार्ज बीरबल किरातीले बताए ।
अगुवा कार्यकर्ता भेला तथा चियापान कार्यक्रमपछि नेकपा (दाहाल–नेपाल) समुहले साँझमा दिप प्रज्वलन गरेको हो । दिप प्रज्वलनपछि भएको कोणसभामा नेकपा (दाहाल–नेपाल) जिल्ला कमिटि सदस्य एबं जन्तेढुंगा गाउँ पालिकाका सह–ईन्चार्ज किरातीले संसद पुःर्नस्थापनाले न्यायलयप्रतिको भरोसा बढाएको बताएका छन् ।
दिउँसो भएको अगुवा कार्यकर्ता भेलालाई भने नेकपा (दाहाल–नेपाल) जिल्ला कमिटि सदस्य कुमार राईले सम्बोधन गरेका थिए । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते विघटन गरेको संसदलाई सर्वोच्चले फागुन ११ गते पुःर्नस्थापना गर्नुपर्ने फैसला गरेको थियो ।