• ट्रेण्डिङ:

नेकपाको मूख्य सचेतकमा विशाल भट्टराई नियुक्त, देव गुरुङ बर्खास्त

नेकपाको मूख्य सचेतकमा विशाल भट्टराई नियुक्त, देव गुरुङ बर्खास्त

रोदिक खबर

१४, फाल्गुण २०७७
  • 6.1K
    SHARES
  • नेकपाको मूख्य सचेतकमा  विशाल भट्टराई  नियुक्त, देव गुरुङ बर्खास्त

    खोटाङ । प्रधानमन्त्री तथा विभाजित नेकपाको संसदीय दलका नेता केपी शर्मा ओलीले दलको मूख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

    प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई मूख्य सचेतकबाट बर्खास्त गरि खोटाङबाट निर्वाचत भट्टराईलाई मूख्य सचेतक मनोनयन गरिएको हो ।

    भट्टराईलाई प्रधानमन्त्री ओलीले आजै संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको उपस्थितिमा मूख्य सचेतकको नियुक्तिपत्र दिएका छन् । खोटाङबाट दुईपटक निर्वाचित सांसद भट्टराई नेकपा केन्द्रीय सदस्य पनि हुन् । अनेरास्ववियुको राजनीतिबाट उदाएका उनी २०५१ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियु सभापति निर्वाचित भएका थिए ।

    विधान अनुसार दलको नेताले उपनेता, मूख्य सचेतक र सचेतक मनोयन गर्ने व्यवस्था नेकपामा छ ।

    पार्टी विभाजनले कानुनी मान्यता नपाइसकेको अवस्थामा विधिवत रुपमा नेकपाको संसदीय दल एउटै छ । सो दलबाट मूख्य सचेतक गुरुङ र सचेतक शान्ता चौधरी थिए । चौधरी सचेतकमा यथावत रहेको उपनेता नेम्वाङले बताए ।

    प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–माधव पक्षले दलको अलग्गै बैठक बसेर पुष्पकमल दाहाललाई दलको नेता चयन गरेका थियो । अहिले प्रतिनिधिसभा पुनःस्थापनापछि दलको नेताबाट ओलीलाई हटाउने प्रक्रियामा जाने कि सिधै संसदमा अविश्वास प्रस्ताव दर्ता गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

    प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - १६:३३:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको