शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

फागुन २२ वा २३ मा संसद बैठक: प्रधानमन्त्री ओली

फागुन २२ वा २३ मा संसद बैठक: प्रधानमन्त्री ओली

रोदिक खबर

१४, फाल्गुण २०७७
  • 3.5K
    SHARES
  • फागुन २२ वा २३ मा संसद बैठक: प्रधानमन्त्री ओली

    काठमाडौं । आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार लागेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने छ ।

    सोही प्रावधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद बैठक आव्हान गर्न सिफारिस गर्न लागेको आफु निकट नेताहरुलाई बताएका छन् ।

    ओली निकट नेता तथा नेकपा ओली पक्षबाट प्रमुख सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईले प्रधानमन्त्री ओलीसँगको भेटमा आगामी फागुन २३ गतेभित्र संसद बैठक बोलाउन प्रधानमन्त्री सकारात्मक भएको आफुले पाएको जानकारी दिए ।

    त्यस्तै संसद बैठक आव्हान भइसकेपछि विपक्षीहरूको भुमिका हेरेर थप रणनीति बनाउने ओली पक्षको तयारी रहेको सो पक्षका नेताहरुले बताएका छन् ।

    शुक्रबार ओलीले बालुवाटारमा आफु निकटका नेताहरूसँगको भेटमा पार्टीभित्र समस्या रहेको भन्दै आफुले मुलुकको स्थायित्व र विकासका काम गर्न खोज्दा नदिएको भन्दै अब आउने चुनौतीलाई फेस गर्दै जाने बताएका थिए ।

    ‘फागुन २२ वा २३ मा संसद बैठक बस्छ । संसद बैठक बसेपछि जसले हटाउन खोजेको हो उहाँहरु कुन रणनीति अनुसार प्रस्तुत हुनुहुन्छ हामी त्यही अुनसार अघि बढिन्छ, प्रतिवाद गरिन्छ नै’, ओलीले आफु निकटका नेताहरुलाई ब्रिफिङ गर्ने क्रममा भनेका छन् ।

    प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - १७:३८:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको