• ट्रेण्डिङ:

नेकपाका नवनियुक्त प्रमुख सचेतक भट्टराई भन्छन्- पार्टीले दिएको जिम्मवेवारी कुशलतापूर्वक सम्पन्न गर्नेछु’

नेकपाका नवनियुक्त प्रमुख सचेतक भट्टराई भन्छन्- पार्टीले दिएको जिम्मवेवारी कुशलतापूर्वक सम्पन्न गर्नेछु’

रोदिक खबर

१४, फाल्गुण २०७७
  • 8.1K
    SHARES
  • नेकपाका नवनियुक्त प्रमुख सचेतक  भट्टराई भन्छन्- पार्टीले दिएको जिम्मवेवारी कुशलतापूर्वक सम्पन्न गर्नेछु’

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलकाे प्रमुख सचेत नियुक्त गरेका सांसद विशाल भट्टराईले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने बताएका छन्। प्रमुख सचेतक बनाइएपछि नेपाल लाइभसँग कुरा गर्दै भट्टराईले दलको नेता र उपनेताको निर्देशनमा प्रभावकारी काम गर्ने बताए।

    ‘म पार्टीको कार्यकर्ता, पार्टीले दिएको जिम्मवेवारी कुशलतापूर्वक सम्पन्न गर्नेछु। मलाई काम गर्न सक्ने भनेरै पार्टीले जिम्मेवारी दिएको छ’, उनले भने, ‘पार्टीको विधि, विधान र संसदीय दलको मूल्य/मान्यतालाई आत्मसाथ गर्दै दलको नेता र उपनेताको निर्देशनमा दललाई प्रभावकारी बनाउने हिसाबले काम गर्नेछु।’ आज पाएको जिम्मेवारीलाई आफूले काम गर्ने अवसरको रुपमा लिएको भट्टराईले बताए।

    प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गुरुङलाई बर्खास्त गर्दै भट्टराईलाई आजै प्रमुख सचेतक नियुक्त गरेका हुन्। खोटाङबाट प्रतिनिधि सभामा निर्वाचित भएका भट्टराईलाई संसदीय दलका उपनेता सुवास नेम्वाङको उपस्थितिमा सचेतकमा नियुक्त गरिएको हो।

    प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - १८:००:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको